Rule 4
रोजगार सम्झौता गर्दा विवरण खुलाउनु पर्ने
ऐन र यस नियमावली बमोजिम श्रमिक र रोजगारदाताबीच गरिने  रोजगार  सम्झौतामा  ऐनको दफा ११ को  उपदफा (३) मा उल्लेख गरिएका विषयका अतिरिक्त देहायका  विवरण समेत खुलाउनु पर्नेछः-
(क)   रोजगारीको प्रकार,
(ख)    श्रमिकले गर्नुपर्ने मुख्य काम र पद,
(ग)    ऐनको दफा १०८ बमोजिम बनेको विनियमावली सम्झौताको अभिन्न अङ्ग हुने कुरा,
(घ)   रोजगार  सम्झौता  भएको  स्थान, समय र सो सम्झौता लागू हुने मिति,
(ङ)   श्रमिकले दिने सेवा वा काम सम्बन्धी  अन्य आवश्यक शर्तहरु ।